ओझेल भित्रका सचेतना अभियान
No icon

बुटवलमा नवाैँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता भाेलिदेखी सञ्चालन हुँदै,  ७ प्रदेश र ३ विभागीय गरि १० टिमको सहभागी

मणिमुकुन्द भलिबल क्लबको आयोजनामा हुन लागेको ९ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता भाेलीदेखी सञ्चालन हुँदै छ। उक्त प्रतियाेगितामा ७ प्रदेश र ३ विभागीय गरि १० टिमको सहभागी रहेकाे छ।

प्रदेश खेलकुद परिषद लुम्बिनी प्रवद्र्धन तथा मुख्य प्रायोजक, नेपाल भलिबल संघ संयोजन तथा मणिमुकुन्द भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको बिहिबार भएको टेक्निकल मिटिङमा रेफ्रि कमिस्नर पुर्ण प्रसाद चौलागाईले गोलाप्रथाद्वारा पोल विभाजन गरी टाईसिट प्रकाशित गरेका छन् । नेपाली पुलिस क्लब र सुदुर पश्चिमबिच पहिलो खेल हुने भएको छ भने शुक्रबार दोस्रो खेलमा आयोजक लुम्बिनी प्रदेशले एपिएफसंग प्रतिष्पर्धा गर्ने छ । उनले लिग कम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा १० टिमलाई दुई वटा पोलहरु राखिएको बताए ।

सुर्खेतमा सम्पन्न ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिता अनुसार क्रमशः पुलिस विजेता, उपविजेता एपिएफ क्लब, तेस्रो गण्डकी प्रदेश र चौथो भएको नेपाल आर्मी क्लबलाई पोल विभाजन गरिएको उनले बताए ।

जसअनुसार पोल ए मा पुलिस, नेपाल आर्मी, मधेस प्रदेश, कोशी प्रदेश, सुदुर पश्चिम प्रदेश तथा पोल बि गण्डकी र एपिएफ, लुम्बिनी, कर्णाली, बाग्मती प्रदेश रहेका छन् ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले दशकपछि आयोजना हुन लागेको प्रतियोगितालाई सफलतापुर्वक सम्पन्न गर्न सबैको जिम्मेवारी हुने बताए । स–साना त्रुटीलाई समेत केलाएर सफल बनाउनुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाल भलिबल संघ केन्द्रीय सचिव झग बहादुर मिदुन, क्लबका अध्यक्ष लोक बहादुर भण्डारीले नेपालको राष्ट्रिय खेल घोषणा भएको भलिबललाई सफल पार्न सरोकारवाला संघसंस्थाहरु लाग्न जरुरी रहेको बताए ।

Comment As:

Comment (0)